राजनीति


इटहरीमा गोली लागेर २ जनाको मृत्यु

इटहरीमा गोली लागेर २ जनाको मृत्यु

नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:४८, विराटनगर

सुनसरीको इटरहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।  जेन जीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो। 

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा आगजनी पनि गरेका छन्।  

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेको स्थानीय प्रशासनले जनाएको छ।

सोमबार उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। 

प्रदर्शनकारीहरूले सुशासन र पारदर्शिताको माग गरेका थिए। प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि मध्याह्नतिर प्रदर्शनकारीहरू उग्र बन्दै गएका थिए। 

आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad