राजनीति


बानेश्वरमा फेरि भेला हुन थाले प्रदर्शनकारी

बानेश्वरमा फेरि भेला हुन थाले प्रदर्शनकारी

नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:२२, काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वर सडक क्षेत्रमा प्रदर्शनकारी फेरि भेला भएका छन्। केहीबेर अघि सेनाले नियन्त्रणमा लिएको भनिएको त्यस क्षेत्रमा प्रदर्शनकारीहरू फेरि भेला भएर प्रदर्शन गर्न थालेका हुन्। 

बिहान माइतीघरदेखि सुरु भएको शान्तिपूर्वक सुरु भएको जेन जीको प्रदर्शन बानेश्वर पुगेपछि हिंसात्मक बनेको थियो। 

बानेश्वरमा रहेको संसद् भवनमा जेन जीहरू तोडफोड गर्दै छिरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर हालसम्म १८ जनाको ज्यान गइसकेको छ भने २०० बढी घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ।   

बानेश्वर क्षेत्र दिनभर तनाग्रस्त भयो। त्यस क्षेत्रमा प्रशासनले कर्फ्यु पनि जारी गरेको छ। कर्फ्यु आदेश जारी भएपछि प्रदर्शन रोकिएन।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad