समाज


प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न समस्या, विद्यालयमै रोकिए बालबालिका

प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न समस्या, विद्यालयमै रोकिए बालबालिका

फाइल फोटो


नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:३६, काठमाडौँ

काठमाडौं उपत्यकामा आज भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ। 

प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ। साथै कतिपय विद्यालयले भने प्रदर्शन साम्य नहुन्जेलसम्म विद्यार्थीलाई विद्यालयमै राखेका छन्। 

यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यार्थीहरूलाई सुरक्षित रुपमा घर पुर्याउन वा विद्यालयमा नै राख्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ।  

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले घर जान समस्या भएका विद्यार्थीलाई विद्यालयमा नै सुरक्षित राख्न तथा उनीहरूको राम्रो खानपानको व्यवस्था गर्न निर्देशन जारी गरेको जानकारी दिए। उनका अनुसार प्रदर्शनमा गएका क्याम्पसका विद्यार्थी समस्यामा परेका कारणले उनीहरूलाई पनि कलेजमा राख्न निर्देशन दिइएको छ। 

‘विद्यार्थीलाई विद्यालयमा नै राख्न भनेका छौँ। उनीहरुलाई शान्तिपूर्वक खानपानको व्यवस्था गरेर राख्न सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ’, अध्यक्ष अधिकारीले भने। 

यस्तै, अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले सुरक्षित स्थानका विद्यार्थीलाई समयमै घरघर पुर्याइएको र कर्फ्यू लागू भएका तथा प्रदर्शन भएका स्थानका विद्यार्थीलाई हाल विद्यालयमा नै राखिएको जानकारी दिइन्।

जेनजीको प्रदर्शनका कारणले जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad