राजनीति


यस्तो लेखिएको रहेछ टेकु अस्पतालका डा.पुनलाई स्वास्थ्य मन्त्रालयले पठाएको ‘स्पष्टीकरण’ पत्रमा

यस्तो लेखिएको रहेछ टेकु अस्पतालका डा.पुनलाई स्वास्थ्य मन्त्रालयले पठाएको ‘स्पष्टीकरण’ पत्रमा

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १४:५६,

अन्ततः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोधेको विषय टुंगिएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयमा उपस्थित भई छलफल गरेपछि डा. पुन पुनः टेकु अस्पतालमै काम गर्ने गरी फर्किएको समाचार सार्वजनिक भइसकेको छ।

तर यसअघि डा. पुनलाई मन्त्रालय पठाएको पत्रमा के स्पष्टीकरण सोधिएको छ भनेर न मन्त्रालयका कुनै अधिकारीले प्रस्ट पारे न स्वयं डा. पुनले भने।

यसबीच बरु मन्त्रालयले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी- ‘कोभिड-१९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको सिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराइरहेको छ। यसै सिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएकामा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ भनेर स्पष्टीकरण दियो तर पुनलाई पठाइएको पत्रमा के बेहोरा छ प्रस्ट पारेन।

यसले गर्दा जनमानसमा डा. पुनले के त्यस्तो गल्ती गरेछन् र उनलाई मन्त्रालयमा बोलाइएछ भनेर अनेक अड्कलबाजी गरिरहे। त्यही आधारमा सञ्चारमाध्यममा पनि खबर आइरहे। तर आइतबार डा. पुन पुनः टेकुमै काम गर्ने गरी दुई पक्षबीच सहमति भएपछि यो चर्चा पनि सेलाएको छ।

तर अझै धेरैलाई जिज्ञासा हुन सक्छ- आखिर स्वास्थ्य मन्त्रालयले डा.पुनलाई पठाएको पत्रमा खास के लेखिएको थियो/छ?

त्यो पत्र यस्तो छः

swasthya patra 1

अब हेराै‌ँ स्वास्थ्य मन्त्रालयमा छलफलपछि डा. पुनले जारी गरेकाे विज्ञप्ति:

 drpunpatra

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .