राजनीति


एमाले विधान महाधिवेशनमा फरक मतको दस्तावेजमाथि पनि छलफल हुने

एमाले विधान महाधिवेशनमा फरक मतको दस्तावेजमाथि पनि छलफल हुने

नेपालखबर
भदौ १९, २०८२ बिहिबार २०:३५, काठमाडौँ

नेकपा (एमाले)को विधान महाधिवेशनमा फरक मत प्रस्तुत हुने भएको छ। 

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान महाधिवेशनमा पार्टीको दस्तावेजहरूसँगै नेता कर्ण थापाको फरक मत प्रस्तुत हुने भएको हो। 

ती सबै दस्तावेजमाथि भोलि नै छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीको ४० मिनेटको उद्घाटन भाषणपछि दस्तावेजहरु प्रस्तुत गर्ने र दस्तावेजमाथि छलफल हुने ज्ञवालीले बताए। 

‘सुरुमा अध्यक्षको तर्फबाट राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलको तर्फबाट विधान संशोधन प्रस्ताव, त्यस्तै महासचिवको तर्फबाट संगठनात्मक प्रस्ताव, चारवटा आयोग तथा केन्द्रीय निकायका अध्यक्षहरू केन्द्रीय अनुशासन आयोगका अधयक्ष केशव बडालबाट अनुशासन आयोगको, यसैगरी लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलबाट लेखा आयोगको, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट निर्वाचन आयोगको र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराबाट सल्लाहकार परिषदको प्रतिवेदन प्रस्तुत हुँदैछ’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यसैगरी आज त्यहाँ केन्द्रीय कार्यालयमा आज दर्ता भएको कर्ण थापाको असहमतिको प्रस्ताव पनि भोलि नै, दस्तावेजहरू प्रस्तुत गर्ने कामहरू हुनेछन्।’

पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई सदस्यता नदिने केन्द्रीय कमिटीको निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसमेतको समर्थनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत प्रस्तुत गर्न लागेका हुन्। 

उपमहासचिव ज्ञवालीले पर्सि (२१ गते) १० वटा समूह बनाएर दस्तावेजउपर छलफल गरिने जानकारी दिए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad