राजनीति


चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ

चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ

नेपालखबर
भदौ १८, २०८२ बुधबार २२:५३, काठमाडौँ

सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे नेपालको अडान राख्ने सरकारको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिने चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्यसबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले यो जानकारी दिएका हुन्।

उनले चीन भ्रमणका क्रममा भएका उपलब्धि र गतिविधिबारे प्रेस विज्ञप्ति पढेर सुनाएका थिए। 

त्यस क्रममा उनले प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिएकोदेखि विभिन्न मुलुकका शीर्ष नेताहरुसँग भएको द्विपक्षी वार्ताका बारेमा जानकारी दिएका थिए। 

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय सहयोग आदान-प्रदानसम्बन्धी विषयका अतिरिक्त लिपुलेकलाई व्यापार नाकाका रुपमा प्रयोग गर्ने भारत-चीन सम्झौताप्रति आपत्ति जनाउँदै उक्त सम्झौता प्रयोग नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेको राईले उल्लेख गरे।

त्यसपछि सञ्चारकर्मीहरुले चीनमा जस्तै गरी भारतमा पनि यो अडान राख्छन् त भन्ने प्रश्नमा राईले भने, ‘नेपालले जहिल्यै पनि प्राथमिकताहरू, अडानहरू सधैं तयारीमा रहन्छ। परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारीमा रहन्छ।’

अब भारत भ्रमणको तयारीमा सरकार लाग्ने बताउँदै उनले थपे, ‘अब भारतको तयारीमा लाग्छौं। निश्चितै रुपमा।’

नेपालले सधैँ आफ्ना प्राथमिकता र अडानहरूको तयारी गरिरहने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad