राजनीति


नेपालले चीनको जीएसआईमा समर्थन गरेको छैन: सरकार

नेपालले चीनको जीएसआईमा समर्थन गरेको छैन: सरकार

नेपालखबर
भदौ १८, २०८२ बुधबार २३:२०, काठमाडौँ

चीनले अघि सारेको ग्लोबल इनिसिएटिभ्स (जीएसआई)मा नेपालले समर्थन नगरेको सरकारले स्पष्ट पारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले यो जानकारी दिएका हुन्।

भ्रमणमा रहेर सँगै फर्किएका सचिव राईले पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्ने क्रममा चीनले अघि सारेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स (जीडीआई) मा नेपालले समर्थन गरेको भए पनि त्यसबाहेकका कुरामा समर्थन नगरेको बताएका हुन्।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तापछि चीनले जारी गरेको विज्ञप्तिमा नेपालले पनि जीएसआईमा समर्थन जनाएको उल्लेख छ। 

जीएसआई सैन्य वा सुरक्षा गठबन्धन प्रकृतिको मञ्च भएकाले त्यो नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत हुने भनी विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेको छ।

सचिव राईले त्यस विषयमा स्पष्ट पार्दै भने, ‘चीनका जुन इनिसिएटिभहरु छन्, तीमध्ये ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्सलाई समर्थन गरेको छ। संयुक्त राष्ट्र संघमा यसको ग्रुप अफ फ्रेन्ड्स् जुन गठन भएको छ, त्यसमा नेपाल पनि संंलग्न छ। नेपाल अरु कुरामा नेपालले समर्थन जनाएको छैन। अरु कुराहरुमा नेपाल प्रवेश गरेको छैन। यो कुरामा तपाईँहरु स्पष्ट हुनुहोला।’  

प्रधानमन्त्री ओली भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad