राष्ट्रिय सभा सदस्य गरिमा शाह (मदनकुमारी)ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइएको बताएकी छिन्।
राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि आफ्ना धारणा राख्दै उनले विधेयकमा अध्यादेशमा ल्याइएको कुराहरु भन्दा फरक नरहेको जिकिर गरिन्। उनले भूमिहीन सुकुम्वासीको व्यवस्थापनका लागि ल्याइएको भन्ने सरकारको जिकिर रहेको भएपनि त्यसभित्रको प्रावधान भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइएको आफूलाई महशुस भएको उल्लेख गरिन्।
‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक बनेको छ, म के स्मरण गर्न चाहन्छु भने भूमि सम्बन्धी अध्यादेश यसअघि आएको थियो,’ शाहले भनिन्, ‘यो अध्यादेश हेर्दा जुन कारणले सम्माननीय राष्ट्रपतिज्यूले फिर्ता पठाउनुभएको थियो, विधेयकमा छन् जस्तो लाग्छ। भूमिहीन सुकुम्वासीको व्यवस्थापनका लागि ल्याइएको भन्ने सरकारको जिकिर छ तर मलाई के लाग्छ भने यहाँ भित्रको प्रावधान हेर्दा भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइएको हो की भन्ने लाग्छ।’
सांसद शाहले कानुनका खोलमा खेलिएको नीतिगत खेल भएको आफूलाई पनि लाग्ने गरेको बताइन्।
Shares

प्रतिक्रिया