जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम गर्न हुन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले प्रत्येक १० वर्षमा संविधानको समीक्षा गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नै नसकिएको बताए।
संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तिब्रता दिनुपर्नेमा उनको जोड छ। उनले अख्तियारसम्बन्धी विधेयक समितिमै अल्मलिँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताए।
सरकारी हस्तक्षेपका कारण कानुन निर्माणमा ढिलाइ हुने गरेको पनि उनको आरोप छ।
उनले भने, ‘हामीले १० वर्षमा समीक्षा गर्ने भनेका थियौँ। तर यो अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नै बनाउन सकेनौँ। बल्ल हामीले एउटा निजामति ऐन बनायौँ। प्रहरीसम्बन्धी लगायत ऐन निर्माणकै क्रममा छ। यद्यपि माननीयज्यूहरूले हलो अड्काउने काम गर्नुभएको छ।’
उनले मुलुकको सबैभन्दा ठूलो समस्या सुशासन भएको बताए।
मुलुकमा सुशासन कायम गर्न प्रशासकहरुका समस्याहरु हल गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको उनको भनाई छ।
Shares

प्रतिक्रिया