राजनीति


लिपुलेकमा व्यापारिक मार्ग खोल्ने सम्झौताको कूटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँ : प्रवक्ता गुरुङ

लिपुलेकमा व्यापारिक मार्ग खोल्ने सम्झौताको कूटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँ : प्रवक्ता गुरुङ

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८२ सोमबार १९:४३, काठमाडौँ

सरकारले नेपाली भूभाग लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने चीन र भारतको सम्झौताको कूटनीतिक नोटमार्फत विरोध गरेको बताएको छ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले गरेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएर त्यसको विरोध गरेको उल्लेख गरेका हुन्।

‘नेपाल र भारतबीचको सीमा विवादको कुरा विवादमै छ,’ उनले भने, ‘कूटनीतिक संवादका माध्यमबाट समस्याको समाधान गर्ने नीति नेपालको छ। महाकाली पूर्वका भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र, ऐतिहासिक रुपले सबै हिसाबले हाम्रो रहेको छ। समयक्रमले भारतको अतिक्रमणमा रहेको, हामीले दाबी गर्न नसकेको र समस्या उत्पन्न भएको कुरा हो। नेपालको दाबी रहेको भूभागमा चीन र भारतको व्यापारिक नाका खोल्ने सहमति भएकाले त्यहाँ हामीले हाम्रो सीमानामा हाम्रो भूमि मिच्न पाइँदैन भनेको हो। नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरेर त्यसको विरोध जनाइसकेकै छौँ।’ 

मन्त्री गुरुङले भारत भ्रमणका क्रममा भारतसँग पनि यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आवाज उठाउने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad