नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा पार्टीको नेतृत्व दाबी गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा निरन्तर बोलिरहेका छन्।
पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सामाजिक सञ्जालमार्फत घुमाउरो भाषामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा उनी पक्षधरको आलोचना र भण्डारीको समर्थन गरिरहेका छन्।
यसै क्रममा बाँस्कोटाले आइतबार लेखेका छन्, ‘संवैधानिक र कानुनी बाध्यता नभएका राजनीतिक विषयलाई स्वार्थपरक र पूर्वाग्रहपूर्ण सैद्धान्तिक लेपन लगाएर फोरम र पद प्राप्त गर्न त सजिलै सकिन्छ। तर राजनीतिले मन कब्जा गर्न सक्नुपर्छ। आफ्नो टिकट आफैँले बाँड्न सक्नेले त चुनाव हार्छन्, अरूको ग्यारेन्टीको के फुइँ लाउनु?’
पूर्वराष्ट्रपतिले फेरि पार्टीको राजनीति गर्न हुँदैन भनेर संविधानमा लेखिएको छैन। तर एमालेले राष्ट्रपति भइसकेको व्यक्ति पुन: राजनीतिमा आउनु ठिक हुँदैन भनेर भण्डारीलाई निषेध गरेको छ।
Shares

प्रतिक्रिया