राजनीति


रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १६:४, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतले रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ।

आज जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो।

सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो।

मुद्दा दर्ता गरेकै दिन उनको बयान र बहस गराई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। सामान्यतः कुनै पनि फौजदारी कसुरका मुद्दा दर्ता भएको भोलिपल्ट मात्र बयान र बहस हुने गरेको छ।

एक महिलालाई इमेल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप पाँडेमाथि छ। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो। 

हिजो बिहीबारमात्रै उनलाई अदालतले ४ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। वातावरणविद् पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्।  

उजुरीकर्ता महिलाले आफूले पढ्नै नसकिने शब्द लेखेर इमले, ह्वाट्सएपमा म्यासेज पठाएर दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन्। 

ती महिलाले आफ्नो छोराले विज्ञान विषयमा रुची राखेपछि पाँडेसँग सल्लाह लिनका लागि भन्दै पाँडेलाई सम्पर्क गर्दा इमले र ह्वाट्सएपमा म्यासेज पठाएर दुर्व्यवहार गरेको बताएकी छन्।   

पाँडेले ह्वाट्सएपबाट पनि कल गरेर अनेक आपत्तिजनक शब्दसहित दुर्व्यवहार गरेको उनको भनाइ छ। 

त्यस्तै उनले आफ्नो चरित्रमा प्रश्न उठाउँदै म्यासेज गरेको भन्दै जाहेरी दिएकी थिइन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad