प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा ओलीले भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमण हुने जानकारी गराएका हुन्।
उनले भ्रमणका क्रममा चीनियाँ राष्ट्रपति सी चीनफिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसहित विभिन्न देशका प्रमुखसँग भेटवार्ता तय भएको जानकारी गराए।
'हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ' उनले भने।
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चीनमै भेट हुने भनेर चर्चा भए पनि उनले यसबारे सदनलाई कुनै जानकारी दिएनन्।
Shares

प्रतिक्रिया