प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गरिरहेका छन्। शनिबार छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेका ओलीले आज सदनलाई सम्बोधन गरेका हुन्।
ओलीले चीन भ्रमणबारे सदनलाई जानकारी गराए। भदौ १४ गतेदेखि ५ दिने चीन भ्रमणमा आफू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन जाने बताए। भारत-चीनले नेपालको लिपुलेक हुँदै व्यापारिक सम्झौता गरेको विषयमा ओलीले भ्रमणका क्रममा सम्बन्धित देशका प्रमुखको कूटनीतिक तबरले ध्यानाकर्षण गराउनुपर्ने माग प्रतिपक्षीले गरिरहेका छन्।
तस्बिर: सरोज नेपाल
भदौ १३, २०८२ शुक्रबार १४:२० | August 29, 2025

प्रतिक्रिया