राजनीति


संसद्‍मा आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

संसद्‍मा आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ८:७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाकाे बैठक शुक्रबार दिउँसाे १ बजे बस्दैछ।

सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्‍मा सम्बोधन गर्न लागेका हुन्। 

प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बारेमा सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभामा सम्बाेधन गर्न लागेका उनको सचिवालयले जनाएको छ। 

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन्।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad