राजनीति


एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १६:२, काठमाडौँ

शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन्।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरूले सो विधेयकमा आफूहरूको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन गर्न दबाब दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन्।

विद्यालय शिक्षक, कर्मचारीहरूको बाँकि माग पनि सम्बोधन गराउनका लागि आफूहरूले दबाब स्वरुप दलको केन्द्रीय कार्यालयमा धर्ना दिने काम सुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

उनले आफूहरूको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिए। 

अध्यक्ष सुवेदीले भने, ‘अब प्रतिनिधि सभा र राष्ट्रिय सभा भनेको त दलले निर्णय गरेर ह्वीप लाग्ने ठाउँ हो। त्यसकारण अब सुधारको पाटोमा आउँछ भन्ने हामीले ठानेका छौं। त्यसैका लागि पक्षकरण गर्दैछौं। अगर त्यहाँबाट पनि सुधार नभई ऐन जारी हुँदा पनि त्यो सुधार भएन भने ऐन संशोधनका लागि २०८१/८२ को भन्दा ठूलो आन्दोलन लिएर हामी आउँछौं।’

महासंघले भाद्र ११ गते बुधवार (हिजो)बाट सो विधेयकमा आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम सुरु गरेको छ।

त्यसैक्रममा बुधवार कांग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरूले बिहीवार (आज) एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन्।

१३ गते शुक्रबार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad