राजनीति


भारत–चीन सहमतिबारे मोदीलाई मात्र होइन, सी चिनफिङलाई पनि प्रश्न गर्छौंः मन्त्री गुरुङ

भारत–चीन सहमतिबारे मोदीलाई मात्र होइन, सी चिनफिङलाई पनि प्रश्न गर्छौंः मन्त्री गुरुङ

नेपालखबर
भदौ ११, २०८२ बुधबार १९:२८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

भारत र चीनबीच भएको व्यापार सहमतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्र नभई चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि प्रश्न गर्ने बेला आएको उनको भनाइ छ।

चीनले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा पाउँदा पाउँदै भारतसँग सहमति गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप लगाए। 

उनले भने, ‘लिपुलेक, कालापानी र लिम्पियाधुराको बारेमा अब हाम्रो प्रश्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्रै छैन। चिनीयाँ राष्ट्रपति सी चिनफिङ या ली क्याङसँग पनि हाम्रो प्रश्न छ। नेपाल र चीनको बीचमा भएका धेरै सम्झौताहरू र बोर्डर इस्युहरूमा जे खालको सहमति छ त्यसमा लिपुलेक त हाम्रो हो भन्ने उनीहरूलाई थाहा छ नि त। अब व्यापारको कुरामा चीनको पनि स्पष्ट कुरा देखिएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा यो विषयमा वार्ता हुने पनि उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad