राजनीति


माओवादी युद्धलाई आतंककारी गतिविधि भनेर व्याख्या गर्ने जमात अझै छ: प्रचण्ड

माओवादी युद्धलाई आतंककारी गतिविधि भनेर व्याख्या गर्ने जमात अझै छ: प्रचण्ड

नेपालखबर
भदौ ११, २०८२ बुधबार १४:३३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले संघर्षलाई कठिन बनाएको बताएका छन्।  

शुक्रबार काठमाडौँमा नवराज पुडासैनीद्वारा लिखित 'संघर्षमा सिरानचोक' पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो,' उनले भने, 'संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ।'

उनले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। 

प्रत्येक पालिका र वडा स्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा संकलन गरेर एउटा ठूलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने उनको भनाइ छ। 

'नवराजजीले गर्नुभएको यो कार्य प्रेरणादायी छ। यो अभियान ७५३ पालिकामा विस्तार हुनु जरुरी छ,' उनले भने, 'यसले गणतन्त्रका लागि योगदान गर्ने कांग्रेस, एमाले, माओवादी वा जुनसुकै दलसँग सम्बन्धित सहिद र योद्धाहरूलाई समान सम्मान गर्ने बाटो खोल्छ।'

उनले माओवादी युद्धलाई आतंककारी गतिविध भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति कायमै रहेको भन्दै आपत्ति जनाए। 

'जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ। तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्यवाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad