नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्व रहेको बताएका छन्।
अखिल नेपाल चेस संघद्वारा बुधबार आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितामा उनले भने, ‘१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो। रणमैदानमा दुश्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो।’
चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिताको सराहना समेत गरे।
48
Shares

प्रतिक्रिया