राजनीति


राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्नेमा कांग्रेस अझै अनिर्णीत

राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्नेमा कांग्रेस अझै अनिर्णीत

नेपालखबर
भदौ ९, २०८२ सोमबार ८:१०, काठमाडौँ

रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कसलाई बनाउने भन्नेमा प्रमुख सत्तारुढ दल कांग्रेस अझै निर्णयमा पुग्न सकेकाे छैन। 

‘कुलिङ अफ पिरियड’ प्रकरणमा सभापति खतिवडाले गएकाे साउन २८ गते पदबाट राजीनामा दिएपछि समितिको सभापति पद अहिले रिक्त छ।  

सभापति निर्वाचनको सूचना प्रकाशन गर्न सभामुख देवराज घिमिरेले आइतबार दिनभर प्रयास गरेका थिए। 

समितिको सभापतिमा अन्य दलले अहिलेसम्म दाबी गरेको सार्वजनिक भएको छैन। सभापतिमा सहमति जुटाउन सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम मिमिरेसँग आइतबार दुई पटक छलफल गरेका थिए।

तर, आफ्नो पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना प्रकाशित नगर्न उनले सभामुखलाई आग्रह गरेका थिए। 

आज बिहान बस्ने कांग्रेस पदाधिकारी बैठकले यो विषय टुंगो लगाउने घिमिरेले बताएका छन्। आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थितिलाई बुझिदिन सभामुखले काग्रेस नेताहरूलाई आग्रह गर्दै आएका छन्। 

विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्था समितिको बैठक नै बस्न नसकेको गलत नजिर दोहोर्‍याउन नहुनेमा सभामुखले जोड दिएका उनकाे सचिवालयले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad