राजनीति


भियतनामी उपराष्ट्रपति काठमाडौँमा (तस्बिरहरू)

भियतनामी उपराष्ट्रपति काठमाडौँमा (तस्बिरहरू)

सरोज नेपाल
भदौ ७, २०८२ शनिबार १३:३९, काठमाडौँ

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज (शनिबार) काठमाडौँ आइपुगेकी छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्। उनी दिउँसो १२:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्।

उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे। 

त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए।

हेर्नुहोस्, तस्बिरहरू:

उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरिन्। 

उनीसँग आजै परराष्ट्रमन्त्री डा राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भियतनामकन तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ प्रतिनिधिमण्डलीय द्विपक्षीय वार्ता हुने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन्।

यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।

नेपाल भ्रमण सकेर उपराष्ट्रपति सुआन भ्रमण यही भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad