राजनीति


संविधान संशोधन अघि नबढाइएकोमा गगनको आक्रोश, माओवादीलाई पनि जोड्नुपर्ने प्रस्ताव

संविधान संशोधन अघि नबढाइएकोमा गगनको आक्रोश, माओवादीलाई पनि जोड्नुपर्ने प्रस्ताव

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८२ बिहिबार १४:४३, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्ने वाचा अनुसार सरकार अगाडि नबढेको भन्दै आक्रोश पोखेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यही कारण आफूहरुले गाली खानु परेको समेत बताए।

‘७ बुँदे सहमति यो दुईटा पार्टीको सहमतिको मुख्य आधार हो,’ थापाले भने, ‘त्यसको पहिलो बुँदामा हामीले के भनेका छौँ? हामी राजनीतिक स्थायित्वका लागि संधिान संशोधन गर्छौं।’

तर यसमा सिन्को समेत नभाँचेको भन्दै उनले असन्तुष्टि जनाए। ‘हामीले सिन्का पनि भाँचेका छैनौँ। अझ हामी आजभोलि के भन्न थालेका छौँ- राष्ट्रिय सभाको चुनाव हुन्छ। त्यहाँ बहुमत आउँछ अनि गर्छौं,’ थापाले भने, ‘हामीले यो भन्न पाउँछौँ? पाउँदैनौँ।’

उनले अब कांग्रेस र एमालेले मात्रै यसमा छलफल गरेर नहुने भन्दै माओवादीलाई पनि जोड्नुपर्ने र त्यसका लागि आवश्यक भए संसदमा संयन्त्र समेत बनाउन सकिने प्रस्ताव गरे।

‘अब दुइटा पार्टीका बीचमा होइन, अब कम्तिमा पनि प्रमुख प्रतिपक्षी दलसँग पहिला जोडौँ,’ थापाले भने, ‘यही संसदबाट आवश्यक हुन्छ भने बरु संयन्त्र निर्माण गरौँ।’

थापाको भनाइ :

७ बुँदे सहमति यो दुईटा पार्टीको सहमतिको मुख्य आधार हो। 

त्यसको पहिलो बुँदामा हामीले के भनेका छौँ ? हामी राजनीतिक स्थायित्वका लागि संधिान संशोधन गर्छौं।

हामीले सिन्का पनि भाँचेका छैनौँ। अझ हामी आजभोलि के भन्न थालेका छौँ- राष्ट्रिय सभाको चुनाव हुन्छ। त्यहाँ बहुमत आउँछ अनि गर्छौं।

हामीले यो भन्न पाउँछौँ? पाउँदैनौँ।

हामीसँग त्यो भन्ने अधिकार नै छैन। संविधान संशोधन गर्न हामीसँग संख्या पुग्दैन। भोलि हामीले अगाडि बढाउँदै गर्दा संख्या नपुग्ला त्यो बेलाको कुरा हो।

तर, यो तर्फ हाम्रा कदमहरू अगाडि बढाउनु पर्दैन्?

हामीले नबढाउँदै गर्दा हामीलाई गिज्याउने अवस्था बनेको छैन?

यति दिन भयो संविधान संशोधन गर्ने भनेको, तिमीले के गर्‍यौँ भनेर हामीले गाली खाइराख्नु परेको छैन?

हामीले आफूले बोलेको कुरा, हामी आफूले जिम्मा लिएको कुरा गर्नुपर्दैन?

अब दुइटा पार्टीका बीचमा होइन। अब कम्तिमा पनि प्रमुख प्रतिपक्षी दलसँग पहिला जोडौँ। यही संसदबाट आवश्यक हुन्छ भने बरु संयन्त्र निर्माण गरौँ।

र संविधान संशोधनका साझा विषय पहिल्याउनेतर्फ कांग्रेस र एमालेको संयुक्त सरकारले कदम अगाडि बढाउनै पर्छ। किन की हामी यो बाचा गरेर आएका छौँ। 

लोकतन्त्रमा नागरिकसँग गरेको बाचालाई हामी हाकाहाकी अनदेखा गर्न पाउँछौँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad