राजनीति


कांग्रेस-एमालेको संयन्त्रबारे गगन थापा: मैले भनेको कुरा बन्द कोठामा सुनिएन

कांग्रेस-एमालेको संयन्त्रबारे गगन थापा: मैले भनेको कुरा बन्द कोठामा सुनिएन

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १४:२७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी र नेकपा एमालेबीच सहमति भएर सरकार सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रप्रति नै असन्तुष्ट व्यक्त गरेका छन्। 

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले यो गठबन्धन सरकार सफल हुनुपर्छ भन्नेमा आफू भएको तर संयन्त्रको बैठकमा आफ्ना कुरा नसुनिएको गुनासो गरेका हुन्।  

थापा दुई दलीय राजनीतिक संयन्त्रको सदस्य हुन्। तर पछिल्लो समय उनी संयन्त्रको बैठकमा जाँदैनन्।  

‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ। सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो। अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु, कांग्रेसको जिम्मेवार पदाधिकारी पनि छु। त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु,’ उनले भने, 'मैले भनेको कुरा बन्द कोठामा भन्दा नसुनेपछि कतिपय कुरा बाहिर ल्याउन आवश्यक ठान्छु । बाहिर भनियो भने बन्द कोठामा भएको छलफललाई दबाब दिन्छ भन्ने ठान्छु । त्यसैले सरकारलाई सफल बनाउनको लागि कांग्रेस नचुकिकन लाग्छ।'

उनले एमालेसँग सभापति शेरबहादुर देउवाले गरेको सात बुँदे सहमतिबारे आफूले पत्रपत्रिका पढेर थाहा पाएको दाबी गरेका छन्। उनले पार्टीले गरेको निर्णय भन्दै फरक मत हुँदा हुँदै पनि सरकारलाई सफल बनाउन भनेर काम गरिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad