राजनीति


विद्यालय, विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँ : सांसद श्रेष्ठ

विद्यालय, विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँ : सांसद श्रेष्ठ

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १२:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छिन्।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न कुरा विधेयकमै लेखिनुपर्नेमा जोड दिइन्।

‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस्,’ श्रेष्ठको भनाइ छ, ‘विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन। विद्यार्थीले पाउने मौलिक हकको हनन् कसैले गर्न पाउँदैन, जुनसुकै कारण भएपनि। त्यो हामीले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर लेखेका छौँ। तर हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ। विद्यालयहरु कुनैपनि बहानामा बन्द गरिनुहुँदैन।’

उनले अनिवार्य निःशुल्क शिक्षा तोकेबमोजिम सबैले पाउनुपर्नेमा समेत जोड दिइन्।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad