राजनीति


देउवाको जवाफ- मलाई कति प्रधानमन्त्री भइरहने भन्छन्, जनताले भोट हाल्छन् त के गर्ने?

देउवाको जवाफ- मलाई कति प्रधानमन्त्री भइरहने भन्छन्, जनताले भोट हाल्छन् त के गर्ने?

नेपालखबर
भदौ ४, २०८२ बुधबार १७:५५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको बताएका छन्।  

बुधबार काठमाडौँमा स्व प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै उनले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै भएको बताएका हुन्। 

‘यहाँ धेरै साथीहरूले कुरा उठाउनुभएको छ। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने? कति प्रधानमन्त्री भइरहने भन्नुभयो,' उनले भने, 'म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो।'

उनले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लडेको र सबै निर्वाचन जितेको उनको भनाइ थियो। धेरै राजनीतिक दलका नेताहरू आफूलाई हराउन लागेको भए पनि सफल नभएको देउवाको भनाइ थियो। 

'म एउटा सौभाग्यशाली व्यक्ति पनि हो। अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो। सौभाग्यले कहिल्यै पनि हारेको छैन। धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो, मेरोविरुद्ध डडेलधुराबाट,' उनले भने, 'तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु। जनता सबैभन्दा ठूलो कुरा हो। जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ। जनता देशको मालिक हो। जनताभन्दा ठूलो कोही छैन। सबै साथीहरूले जनताको सेवा गरौँ ।’

सभापति देउवाले अब आफ्नो धेरै उमेर नरहेकाले कसैले चिन्ता नगर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad