राजनीति


एकतालाई मन्त्र बनाएर अघि बढौँ, कांग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक

एकतालाई मन्त्र बनाएर अघि बढौँ, कांग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक

नेपालखबर
भदौ ४, २०८२ बुधबार १६:२, काठमाडौँ

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन्। बुधबार काठमाडौँमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै यो व्यवस्था ल्याउन धेरै सपुतहरूको ठूलो योगदान रहेको उनको भनाइ थियो। 

‘हामीले लोकतन्त्र,राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ। जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन। जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ। पिल्लरका रुपमा होस्, की वालका रुपमा होस्। हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ,' उनले भने, 'यदी त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ। त्यसकारण आज जुन व्यवस्था यो लोकतन्त्रमा हामी छौँ। यो लोकतन्त्रको प्राप्ति प्रजातन्त्रका सेनानी, लोकतन्त्रका सेनानीहरूबाट प्राप्त भएको हो। लोकतन्त्रको जगलाई, आधारलाई स्मरण गर्नुपर्छ। यो हजारोँ सपुतको जगका कारण नै निर्माण भएको हो।'

उनले मतान्तरहरूमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको बताए। पार्टीभन्दा बाहिर प्रतिष्पर्धा भएको बेलामा पार्टी एक ढिक्का भएर उभिनुपर्ने उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad