राजनीति


कांग्रेस-एमाले दुई दलीय व्यवस्थाको अवधारणामा अघि बढे: शक्ति बस्नेत

कांग्रेस-एमाले दुई दलीय व्यवस्थाको अवधारणामा अघि बढे: शक्ति बस्नेत

नेपालखबर
भदौ ४, २०८२ बुधबार १४:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय शासन व्यवस्थाको अवधारणामा अघि बढेको भन्दै आपत्ति जनाएका छन्। 

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त नहुने र त्यसको अभ्यास गलत हुने बताएका हुन्।  

'कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको मिसनमा हिँडेको देखिन्छ। नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त छैन,' उनले भने, 'यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एक दलीयमा पुग्ने होला र प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ ? त्यो उहाँहरूले नै सोचिराख्नुभएको होला।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad