राजनीति


राप्रपाकी सांसद कार्कीले धिक्कार होस् भनेपछि एमालेका सूर्य थापाको नियमापत्ति

राप्रपाकी सांसद कार्कीले धिक्कार होस् भनेपछि एमालेका सूर्य थापाको नियमापत्ति

नेपालखबर
भदौ ४, २०८२ बुधबार १३:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरूप्रति कटाक्ष गरेपछि नेकपा (एमाले)का सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र कांग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाएका हुन्।

सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाए। ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी? कस्ता सांसद धिक्कार होस्’ उनको भनाइ थियो। 

 ‘हिजो दिनभरी नौटंकी देखियो । एमाले र नेपाली काँग्रेसहरुले आफ्ना माननीयज्युहरुलाई खाली काजगमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो । यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वसाको प्रस्तावबाट हटाउन रे। उहाँहरूलाई संवैधानिक परिषद्मा बहुमत पुगेन,' उनल भनिन्, 'बहुमत पुर्‍याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु त्यहाँ चल्यो। सही गराउने कस्तो पार्टी, सांसदहरू कस्ता ? धिक्कार होस्।’

लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरु स्वीकार्य नहुने बताए। उनले मन्डलेहरूसँग लामो समयसम्म लडेर आफूहरू आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad