उपसभामुख इन्दिरा राना मगर अमेरिकामा केका लागि गएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ। केहीबेरअघि बसेको राज्य व्यवस्था तथा परामर्श समितिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एनजीओ-आएनजीओको कार्यक्रममा हो कि? संसद्कै कार्यक्रममा गएको हो भनेर प्रश्न उठाएका हुन्।
'उपसभामुख किन, के कार्यक्रममा जानु भएको हो? संसद्को कार्यक्रम होकि होइन? सदनलाई जानकारी गराउनु पर्छ कि पर्दैन?,' बैठकमा खतिवडाले सभामुखलाई सोधे,'सांसदहरूलाई चाहिँ एनजीओ, आईएनजीओको कार्यक्रममा जाने होइन है भन्ने अनि आफू चाहिँ लुरुलुरु जाने? सदन चलिरहेको बेलामा किन जानुभयो?'
जवाफमा सभामुख देवराज घिमिरेले भने, 'उहाँ आफ्नै हिसाबले, सदनको खर्च हुने गरी होइन व्यक्तिगत खर्च हुने गरी एनजीओ, आईएनजीओको कार्यक्रममा सहभागी हुन जानु भएको हो।'
Shares

प्रतिक्रिया