प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
सभामुख घिमिरेको आह्वानमा अहिले सभामुखको कार्यकक्षमा समितिकाे बैठक बसिरहेको छ।
यो बैठक भदौ महिनामा संसद् सञ्चालनसम्बन्धी क्यालेन्डर बनाउने प्रयोजनको लागि बाेलाइएकाे सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकहरू सहभागी छन्।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ।
3
Shares

प्रतिक्रिया