नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताए।
माओवादीको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलादेखि नै कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गरे।
‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो, तर त्यो गलत गर्दै हुनुहुन्छ,’ प्रचण्डको भनाइ छ, ‘गल्ती गरी नै रहनुभएको छ। यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ। एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ। यसको हामी विरोध गर्छौं। उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो।’
Shares

प्रतिक्रिया