पछिल्लो तीन महिनामा हङकङको बेरोजगारी दर ३.७ प्रतिशतमा उक्लिएको छ।
जनगणना तथा तथ्याङ्क विभागको तथ्याङ्कमा जुलाईसम्मको पछिल्लो तीन महिनाको बेरोजगारी दर यति पुगेको हो। जसमा बेरोजगार व्यक्तिहरू ८ हजार ८ सय बढेर १ लाख ४५ हजार पुगेका छन्।
अप्रिल-जुन अवधिको तुलनामा मे-जुलाईमा यो दर ०.२ प्रतिशत अंकले बढेर ३.७ प्रतिशत पुगेको हो। बढी असर सुपरस्ट्रक्चर क्षेत्र, खाद्य तथा पेय पदार्थ सेवा गतिविधि क्षेत्र, खुद्रा क्षेत्र र घरजग्गा क्षेत्रमा परेको छ।
अल्परोजगारी दर भने १.४ प्रतिशतमा अपरिवर्तित छ।
श्रम विभागद्वारा जारी विज्ञप्तिमा बेरोजगारी दर बढ्नुलाई श्रम बजारमा नयाँ स्नातक र स्कुल छोड्नेहरूको आगमनलाई पनि कारकको रूपमा लिइएको छ।
साथै, उद्योगहरूको व्यावसायिक अवस्थालाई पनि उल्लेख गरिएको छ। विज्ञप्तिमा श्रम तथा कल्याण सचिव क्रिस सुनले श्रमशक्तिमा सामेल हुने नयाँ स्नातक र स्कुल छोड्नेहरूका लागि थप रोजगारीका अवसर सिर्जना गरिनुपर्ने बताएका छन्।
Shares

प्रतिक्रिया