राजनीति


उपसभामुख हटाउने चर्चाबारे प्रचण्ड: कांग्रेस-एमाले तानाशाही लाद्‌न खोज्दैछन्

उपसभामुख हटाउने चर्चाबारे प्रचण्ड: कांग्रेस-एमाले तानाशाही लाद्‌न खोज्दैछन्

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १३:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले तानाशाही प्रवृत्ति देखाइरहेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेलगायतका पदाधिकारी, केही सांसदले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास भएको विषयमा प्रचण्डलाई सोधेका थिए।

त्यसको जवाफ दिने क्रममा प्रचण्डले सरकार निरंकुश बनेको बताएका हुन्।  

'सरकार झन् निरङ्कुश चरित्र देखाउँदैछ,’ प्रचण्डले भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले नेपालखबरसँग भने, ‘उपसभामुख हटाउने प्रयास भइरहेको छ, यो सरकारको निरङ्कुशता हो। दुई दलीय निरङ्कुशता हो, एकपछि अर्काे गर्दै प्रकट भइरहेको छ।’

उपसभामुख हटाउनकै लागि कांग्रेस र एमाले सांसदहरूले अहिले हस्ताक्षर संकलन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad