राजनीति


कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेपछि जनतमले बोलायो संसदीय दलको बैठक

कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेपछि जनतमले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८२ मंगलबार १३:१४, काठमाडौँ

उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारुढ कांग्रेस र एमालेले सांसदको हस्ताक्षर संकलन गरिरहेका बेला जनतम पार्टीले संसदीय दलको बैठक बाेलाएको छ।

जनमतकी प्रमुख सचेतक अनिता देवीले दिएको जानकारी अनुसार अहिले केहीबेरपछि सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्दै छ।
बैठकमा विविध विषयमा छलफल हुने उनले बताइन्।

उपसभामुख राना मगरलाई हटाउन दुईतिहाई सांसदको समर्थन आवश्यक छ। त्यसका लागि चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी निर्णायक देखिएकाे छ। 

जनतम पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ। यही अबस्थामा बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad