राजनीति


अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः गगन थापा

अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः गगन थापा

नेपालखबर
भदौ २, २०८२ सोमबार १९:३८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताए। महामन्त्री थापाले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे।

थापाले उनीहरूलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको जिकिर गरे। तर आगो सल्काउन मद्दत गर्नेहरूमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरू समाधान गर्नुपर्ने बताए। कांग्रेसले त्यसको तागत राख्ने पनि उनको भनाइ छ। 

उनले भने, ‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ। आगो बलेको जस्तो भएको छ। जता गएपनि हामी कहीँ न कहीँ रिस, आक्रोश, असन्तुष्टि देख्छौँ। त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याइ छन्। मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जेजे हालेका छन्। दन्दनी बालिरहेका छन्। कसले गरिरहेको छ, किन गरिरहेको छ? हामी तिनलाई चिन्छौँ, थाहा छ। कसले, किन गरिरहेको छ, त्यसको भाषा के छ, तिनलाई चिन्नुपर्छ। प्रश्न गर्नुपर्छ।’

महामन्त्री थाापले काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने बताए। उनले नेपाली कांग्रेसभित्र शुद्धीकरण, जागरण चाहिएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad