राजनीति


५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन्

५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन्

नेपालखबर
भदौ १, २०८२ आइतबार १८:१२, काठमाडौँ

देशभरका ५९ वटा स्थानीय तहरूले संवैधानिक व्यवस्थाअनुसार समयमा नै बजेट ल्याउन नसकेको पाइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थाअनुसार ती स्थानीय तहहरूले चालु आर्थिक वर्षको लागी बजेट ल्याउन नसकेका हुन्।

आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

बजेट ल्याउन नसक्ने ५९ मध्ये ३२ वटा स्थानीय तह मधेश प्रदेशका रहेको सहसचिव दाहालले जानकारी दिए। बारा, पर्सा, रौतहट र सर्लाहीका मात्रै १५ वटा स्थानिय तहहरू रहेका छन्।

बजेट ल्याउन नसकेका चार जिल्लाका १५ वटा स्थानीय तहमा मन्त्रालयका कर्मचारी नै खटिएर बजेट ल्याउन सहजीकरण गरिएको समेत उनले जानकारी दिए।

तीमध्ये ७ वटा स्थानीय तहले चालू आर्थिक वर्षको लागी बजेट ल्याएको जानकारी गराएको र बाँकी स्थानिय तहले भदौ १० भित्र गाउँ/नगर सभामा बजेट पेश गर्ने तयारी गरिरहेको जानकारी आएको उनले बताए। 

उनले भने, ‘हामीले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन नसकेको पाईएकोमा त्यो मध्ये ३२ वटा स्थानीय तहहरू मधेश प्रदेशमा मात्रै रहेको पाइयो’ उनले भने, ‘धेरैले मिति तोकेर बजेट ल्याउनको लागि सभाको आवह्वान गरिसक्नुभएको छ।’ 

पत्रकार सम्मेलनमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले एक महिनामा गरेका ९ वटा क्षेत्रका नीतिगत सुधारका बारेमा जानकारी गराइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad