राजनीति


खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

प्रचण्ड भेट्न खुमलटार पुगेका भारतीय विदेश सचिव। तस्बिरः प्रचण्ड


नेपालखबर
भदौ १, २०८२ आइतबार १६:४३, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। 

प्रचण्ड निवास खुमलटारमा पुगेर उनले भेट गरेका हुन्। भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ।

मिस्री आज बिहान काठमाडौँ आएका थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गरिसकेका छन्।

उनी सोमबार स्वदेश गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad