नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनविरुद्ध रहेको बताएकी छन्।
जनकपुरमा आइतबार पत्रकारहरूसँग गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरू ल्याउनेतिर लागेको आरोप लगाएकी हुन्। सोही अनुरुप भूमिसम्बन्धी विधेयक ल्याएको उनको भनाइ छ।
भुसालले संघीयताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथि चलखेल गरेर सरकारले अहिले पनि त्यसलाई अगाडि बढाउन ढिलाइ गरिरहेको उल्लेख गरिन्।
‘सरकारका एकपछि अर्को कदमहरू सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिसोध साँध्ने, जनविरोधी कानुनहरु ल्याउने। यहाँहरूले सुन्नुभएको छ, भुमीसम्बन्धी विधेयकको। संघीयताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर अहिले पनि त्यसलाई ढिलाइ गरिरहेको छ,' उनले भनिन्, 'संघीयताको अर्को महत्वपूर्ण शिक्षा विद्येयक त्यो अड्काइएको छ। संविधानको मूल मर्मअनुरुप कानुन बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर छैन।’
उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरूसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि बताइन्।
एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपालकम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया