न्यायाधीश नियुक्ति र न्याय परिषद् नियमावलीमा असन्तुष्टि जनाइरहेको नेपाल बार एसोसिएसनले आज न्याय परिषद्का दुई जना सदस्यसँग छलफल गर्ने भएको छ।
आज न्याय परिषद्का सदस्यद्वय दामोदर खड्का र महेश नेपालसँग रामशाहपथस्थित बारको कार्यालयमा छलफल गर्न लागिएको बार कार्यसमितिका सदस्य बाबुराम अर्यालले जानकारी दिए।
उनका अनुसार, साउन ३० र ३१ गते बसेको बारको बैठकले न्यायाधीश नियुक्तिको विषयमा उनीहरूसँग आज छलफल गर्ने निर्णय गरेको थियो।
‘न्यायाधीश नियुक्ति प्रक्रियालाई निष्पक्ष, पारदर्शी र योग्यतामा आधारित बनाउन न्याय परिषद्मा रहेका नेपाल बार एसोसिएसनबाट र प्रधानमन्त्रीका तर्फबाट सिफारिस भई नियुक्त सदस्य समेतले यस सम्बन्धमा नेपाल बार एसोसिएसनबीच साझा धारणा बनाउनु आवश्यक रहेमामा जोड दिइयो,’ बारको निर्णयमा लेखिएको छ, ‘उहाँहरूसँग नियमित परामर्श गरी बारको आधिकारिक धारणालाई बलियो बनाउनुपर्ने विषयमा छलफल भयो। न्यायाधीश नियुक्तिको मापदण्ड र प्रक्रिया सम्बन्धमा छलफल गर्न यही भाद्र १ गते न्याय परिषद्मा नेपाल बारको सिफारिसमा नियुक्त हुनुभएका परिषद् सदस्य वरिष्ठ अधिवक्ता दामोदर खड्का र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुनुभएका वरिष्ठ अधिवक्ता महेश नेपालसँग संयुक्त परामर्श बैठक आयोजना गर्ने र सो बैठकका लागि आवश्यक एजेन्डा तयार गर्न अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिने निर्णय गरियो।’
Shares

प्रतिक्रिया