राजनीति


नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन : गृहमन्त्री लेखक

नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन : गृहमन्त्री लेखक

नेपालखबर
साउन २९, २०८२ बिहिबार १६:११, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन्। विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन्।
 
लेखकले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने बताए। ‘वर्तमान नागरिकता ऐनमा हामीले जब रिफ्लेक्ट गर्‍यौँ, यदी कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुन्छ,’ लेखकले भने, ‘ अहिलेको ऐनले, अर्को ऐनले यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता ग¥यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुन्छ।’

उनले थपे, ‘दोहोरो नागरिकता हुँदैन। यदी अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ। पुनः लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ। नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ।’

उनले आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने उद्देश्य सरकारको रहेको जानकारी दिए। ‘बाआमाको नामबाट सरलरुपले नागरिकता पाओस् भन्ने मेरो उद्देश्य हो, यो विधेयकको उद्देश्य हो,’ लेखकले भने, ‘आमाले घोषणा गरेर मेरो बालक हो भन्यो भने नागरिकता दिनुपर्छ। आमाको नागरिकता हो भनेर जाँच्दा हुन्छ। आमाको नागरिकता ठीक छ, आमाले मेरो सन्तान हो भन्यो भने दिनुपर्छ। यसमा स्वघोषणा राखेर जाऔँ। बरु अरु केही कुरा राख्नुपर्छ की हामीले अनुमान नगरेको, प्रतिनिधिसभाबाट अनुमान हुन नसकेको अवस्था पनि हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad