राजनीति


चीनमा यी दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुँदै छन् प्रधानमन्त्री ओली

चीनमा यी दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुँदै छन् प्रधानमन्त्री ओली

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८२ बिहिबार ११:४२, काठमाडौँ

भदौ तेस्रो साता हुन चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा भेट्ने सम्भावना बढेको छ।

१५–१६ भदौमा तियान्जिनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुन लागेको हो।

चीन र भारत दुवै एससीओका सदस्य राष्ट्र हुन्। नेपाल एससीओमा ‘डायलग पार्टनर’ का हैसियतमा छन्।

‘डायलग पार्टनर’ राष्ट्रका प्रमुख एससीओ शिखर सम्मेलनमा सहभागी हुने चलन नरहे पनि १७ भदौमा बेइजिङमा हुने ‘मिलिटरी परेड’ मा ओली निम्त्याइएका छन्। त्यहीकारण एससीओ शिखर सम्मेलनमा सरकार प्रमुख हैसियतमा सहभागी हुने दुर्लभ अवसर प्रधानमन्त्री ओलीलाई प्राप्त भएको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि प्रधानमन्त्रीको चीन भ्रमणको सम्भावना बलियो बन्दै गएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad