राजनीति


देशमा ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन: अमरेशकुमार सिंह

देशमा ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन: अमरेशकुमार सिंह

नेपालखबर
साउन २८, २०८२ बुधबार १८:०, काठमाडौँ

सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन्।  

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला राजनीतिक दलका शीर्ष तीन नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालविरुद्ध बोल्नै नहुने स्थिति आएको बताएका हुन्।

उनले तीन शीर्ष नेताहरुको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी हुने उनको टिप्पणी छ।  

‘अहिले तीन जनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन। तीन वटा ठूला पार्टीका जुन तीन टाउका छन्। बोल्यो भने त्यसलाई कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ। कति होलान्, होलान्। कोही रेशम चौधरी हुन्छ, कोही रवि लामिछाने हुन्छ,' उनले भने, 'त्यसको दर्जनौँ फेहरिस्त गराउन सकिन्छ। साइबर सेक्युरिटीले त्यसमा एउटा इँटट थप्ने काम गर्दछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad