राजनीति


सांसद माझीको प्रश्न- जलविद्युत् आयोजना सञ्चालक मालामाल हुने, जनता गरिब भइरहने?

सांसद माझीको प्रश्न- जलविद्युत् आयोजना सञ्चालक मालामाल हुने, जनता गरिब भइरहने?

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८२ मंगलबार १९:१, काठमाडौँ

प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लामा जनता गरिब भइरहने अवस्था अन्तय हुनुपर्ने बताएकी छिन्। 

संसदमा मंगलबार आकस्मिक समय लिएर बोल्दै उनले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुख व्यक्त गरी घाइतेको उपचार र क्षतिपूर्ति  दिनको लागि ध्यानाकर्षण गराएकी छिन्। 

उनले लमजुङ जिल्लामा अहिले ३०० मेगावाट भन्दा बढि विजुली उत्पादन गरेर जलविद्युतको हव बन्दैगर्दा त्यहाँका युवाहरु भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था भएको भन्दै युवाहरूलाई रोजगारीको लागि सरकारले र सरोकारवालाले पहल गर्नुपर्ने बताइन्। 

‘जलविद्युत परियोजना सञ्चालहरू मालामाल हुने तर त्यहाँका जनता गरिबीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो?,’ उनले प्रश्न गरिन्।

संसद्‍मा माझीको भनाइः

यही साउन २४ गते शनिबार लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ६ मा रहेको सुपर न्यादी जलविद्युत परियोजना क्षेत्रमा गएको पहिरोमा परी त्यही आयोजनामा काम गर्ने १ जना मजदुर बेसिसहर नपा वडा नं १० रातामाटाका ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको तथा मध्येनेपाल नपा वडा नं ७ का ३२ वर्षीय भिम बहादुर तामाङ, दोर्दी गापा वडा नं ५ का २२ वर्षीय विराज गुरुङ र प्युठान जिल्ला भिम्रुक गापा वडा नं ६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन्। 

घाइतेहरुको लमजुङ अस्पताल र गण्डकी अस्पतालमा उपचार गरिएको खबर छ। म घटनामा ज्यान गुमाउने लगनध्वज गुङप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

लमजुङ जिल्ला अहिले ३०० मेगावाट भन्दा बढी विजुली उत्पान गरेर जलविद्युतको हव बन्दैगर्दा त्यहाँका युवाहरू भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था छ। जलविद्युत परियोजना सञ्चालहरु मालामाल हुने तर त्यहाँका जनता गरीवीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो? जलविद्युत आयोजना निर्माण गर्दा बाढी पहिरोको जोखीम, प्राकृतिक  र वातावरणीय प्रदुषण असन्तुलन तथा जलवायु परिवर्तनको नकारात्मक असर लमजुङले भोग्नुपरिरहेको छ यस तर्फ सरकार र सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। 

लमजुङमा भएका आयोजनाहरुको निश्चित प्रतिशत  सेयर स्थानीय लमजुङवासीले निशुल्क पाउने व्यवस्था गर्न म माग गर्न चाहन्छु। त्यसैगरी त्यस क्षेत्रमा उत्पादित बिजुलीको रोयल्टी र प्रसारण लाईनमुनि परेका जग्गाधनीहरुलाई उचित मुआव्जा दिने व्यवस्था गर्न तथा लाईनमुनी परेका जग्गाहरु बैंकीङ प्रयोजनको लागि उपयोग हुने व्यवसथा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad