राजनीति


रास्वपालाई बर्तौलाको प्रश्न- अपराधको स्वीकारोक्ति गर्ने, राजनीतिक प्रतिशोध पनि भन्ने?

रास्वपालाई बर्तौलाको प्रश्न- अपराधको स्वीकारोक्ति गर्ने, राजनीतिक प्रतिशोध पनि  भन्ने?

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८२ मंगलबार १६:१२, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठीक लागेपनि भविष्यमा धेरै भारी पर्ने उनको चेतावनी छ।

‘कसैलाई आमाको नाममा कसैलाई बाबुको नाममा कसैका स्वर्गारोहन हुनुभएको हजुरबुबाको नामममा समेत गाली गर्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका कार्यकर्ताहरुबाट भइरहेको छ,’ बर्तौलाले भने, ‘म उहाँहरुलाई आग्रह गर्न चाहन्छु। यस्ता गालीहरू सुधार गर्नुहोस्। आज तपाईहरुलाई ठीक लागेपनि कालान्तरमा यही चिज तपाईंहरुलाई भारी हुन्छ।’

पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि उनले कटाक्ष गरे।

‘उहाँहरुले राजनीतिक प्रतिशोध भन्दै चन्दा संकलन तथा हस्ताक्षर अभियान पनि चलाउनुभएको छ,’ बर्ताैलाको भनाई छ, ‘जसलाई राजनीतिक प्रतिशोध भनेर हस्ताक्षर र चन्दा संकलन गर्दै हुनुहुन्थ्यो। तिनै व्यक्तिले बिगो स्वीकार गरेर जमानतमा छुटिपाउँ भनेर निवेदन दिए। म साथीहरुलाई सोध्न चाहन्छु, बिगो स्वीकार गर्ने कुरा आफैंमा अपराधको स्वीकारोक्ति होइन? तपाईको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि यो राजनीतिक प्रतिशोध लगाइएको हो भनेर लगाइएको आरोप नाटक हो भनेर प्रमाणित भएन?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad