राजनीति


भूमि विधेयकमाथिको छलफलमा सांसदहरूमाथि खनिए मन्त्री अधिकारी

भूमि विधेयकमाथिको छलफलमा सांसदहरूमाथि खनिए मन्त्री अधिकारी

नेपालखबर
साउन २५, २०८२ आइतबार १६:३३, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भूमिसम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सांसदहरूमाथि नै खनिएका छन्।

आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्री अधिकारीले सांसदहरूले पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाए।

विधेयकको केही प्रावधानमा सांसदहरूले फेरि प्रश्न उठाएकोप्रति उनले आपत्ति जनाए। सिरानको विषयलाई पुछारको विषयसँग जोडेर विवाद सिर्जना नगर्न समेत उनले आग्रह गरे। मन्त्री अधिकारीले विधेयकमाथि व्यवस्थित छलफल हुन नसकेको भन्दै  असन्तोष समेत व्यक्त गरे। 

उनले भने, ‘सिरानको विषयमा छलफल भएको छ। पुछारको कुरा जोडिदिएको छ। यस्तो गरेर यो विधेयकको टुंगो पनि लाग्दैन र हामी सबल पनि देखिदैनौं। यो कुराहरूमा माननीयज्यूहरूको ध्यान जान जरुरी छ। के के कुरा गर्ने र के के कुरा नगर्ने भन्ने विषय हामीले अस्तिको छलफलमा टुंग्याइसकेका छौं। त्यसका आधारमा सम्बन्धित पक्षले एउटा प्रस्ताव लिएर आउनुहोस् भनेको आधारमा आएको विषय नै सरकारले लिएर आएको छ। अस्वीकार गर्ने र आज आएर भएन भनेर फेरि अर्को प्रश्न खडा गर्ने? कुराले व्यवस्थित छलफल भएको भन्ने बुझिन्न।’

विधेयकले गरेका व्यवस्थामा सैद्धान्तिक छलफलमा नै सहमति भइसकेको उल्लेख गर्दै उनले दफावार छलफलका क्रममा भाषागत विषयमा ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad