नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन्।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहनुपर्ने बताएका हुन्।
‘कुनै पनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरू माथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन,' उनले भने, 'नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन। अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ।'
उनले एक चीन नीतिमा स्पष्ट रहेको बताए। उनले नेपालका केही सरकारले एक चीन नीतिलाई एक चीन सिद्धान्तकै रुपमा अघि बढाएकोमा आपत्ति जनाए।
Shares

प्रतिक्रिया