राष्ट्रिय स्वतन्त्र पार्टीले रिक्त विभाग प्रमुखका पदपुर्ति गरेको छ। पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा मनोनयन भएका छन्।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उनीहरूलाई मनोनयन गर्ने निर्णय गरेको हो। त्यस्तै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनयन गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
255
Shares

प्रतिक्रिया