राजनीति


केपी ओलीजस्तो खट्ने र सपना देख्ने नेता नेपालमा छैन: लेखराज भट्ट

केपी ओलीजस्तो खट्ने र सपना देख्ने नेता नेपालमा छैन: लेखराज भट्ट

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १६:५८, काठमाडौँ

नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण होइन, वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन्।

ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अद्भुत हुने उनको भनाइ छ। ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन,’ भट्टले भने।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले एमाले हाल वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिस्ट आन्दोलनको भएको र यो ओलीको नेतृत्वमा रहेको बताए।

‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ। शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो,’ उनले भने।

ओलीजस्तो नेता कोही नभएको उनको भनाइ छ। एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै भट्टले सुधारका लागि पार्टीले आत्मसुधारमा ध्यान दिनुपर्ने बताए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुन:सक्रिय राजनीतिमा फर्किएको विषयमा उनको आपत्ति छ।

'ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा छैन,’ उनले भने, ‘राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भइसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ।’

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले बैठकमा समर्थन बाहिर विरोध गर्ने कुराले अर्थ नरहने बताए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad