राजनीति


नेतृत्वको ‘ड्यामेजिकरण’ भनेको पार्टी र आन्दोलनको ‘ड्यामेजिकरण’ हो: महरा

नेतृत्वको ‘ड्यामेजिकरण’ भनेको पार्टी र आन्दोलनको ‘ड्यामेजिकरण’ हो: महरा

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८२ आइतबार १७:५२, काठमाडौँ

नेकपा माओ‌वादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी नेतृत्वको आलोचना गर्नु सही नभएको बताएका छन्। जारी स्थायी समिति बैठकलाई सम्बोधन गर्दै महराले जनार्दन शर्माप्रति लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्।  

‘नेतृत्व दिएर हुने कुरा होइन, म लिन्छु भनेर हुने कुरा पनि होइन। त्यो वर्ग संघर्ष र अन्तरसंघर्षले पैदा गर्ने हो,’ उनले भने, ‘नेतृत्वको ड्यामेजिकरण भनेको पार्टी र आन्दोलनको ड्यामेजिकरण हो।’

उनले सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्नु सही नभएको भन्दै जनार्दनलाई समीक्षा गर्न र सच्याउन आग्रह गरे। उनले नेतृत्व बलियो बनाउन लाग्न पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad