नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन्।
आइतबार पार्टी क्न्द कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उल्लेख गरे।
‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन्, १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ,’ प्रचण्डको भनाइ छ, ‘हामीले हालै महान सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटी गर्यौँ, हाम्रा सहिद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ।’
उनले थपे, ‘त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एक पटक हाम्रो वर्गतिर नै जोडिने, सहिद बेपत्ता परिवारहरुसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ। पार्टी बैठकहरुमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान सहिदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ। फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ।’
Shares

प्रतिक्रिया